कोरोनाको जोखिम बढेपछि सीसीएमसी सक्रिय

डिसी नेपाल
२४ पुष २०७८ ६:३१

काठमाडौं । काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ । नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्नसमेत भनेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ सय ६८ जना कोभिड संक्रमित थपिएको छ । काठमाडौंमा मात्र ३ सय ७८ जना संक्रमित थपिएका छन् । दिनदिनै संक्रमित हुनेको संख्या वृद्धि भइरहेको छ । त्यसैगरी, ओमिक्रोन संक्रमणको संख्यासमेत वृद्धि भएसँगै विशेषज्ञहरूले सचेत हुन आग्रह गरेका छन् ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या दिनानुदिन वृद्धि भएसँगै नेपालमा पनि यसको फैलावट हुने चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक जिन सिक्वेन्सिङ गरेका सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

पछिल्ला केही दिनमा कोभिड–१९ तथा यसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिले सक्रियता बढाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसीसी निर्देशक समितिको बैठकले नेपालमा कोभिडको पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ भने आगामी चालिनुपर्ने रणनीति’दयगत छलफलसमेत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापतिलगायत सम्मिलित बैठकमा सीसीएमसीका अधिकारीले कोभिडकोे अहिलेको अवस्थाका विषयमा जानकारी गराएका थिए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *