भीआईपीलाई धमाधम कोरोना

डिसी नेपाल
२८ पुष २०७८ ६:२७

काठमाडौं। विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ। पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आइसोलेसन बसे । प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

देउवा र दाहालसँगै एउटै बैठकमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी, शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेललाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक जना सुरक्षाकर्मी (अंगरक्षक) र भान्सलाई पनि संक्रमण पुष्टि भएको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *