जलवायु परिवर्तनको प्रभावः अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै
A rare snowy owl looks down from its perch high atop the large marble orb of the Christopher Columbus Memorial Fountain at the entrance to Union Station in Washington, Friday, Jan. 7, 2022. (AP Photo/Carolyn Kaster)
न्युयोर्क। अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ। यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो।
हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो। सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ।
बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोशेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोशेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।
‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोशेरका गतिविधिको पहिचान गर्दै आएको छ ।
हरेक हिउँदको मौसममा केही लाटोकोशेरा दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोशेरोको मुख्य खानेकुरा लेमिङ (मुसोजस्तो जनावर) को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोशेरा बसाइँ सर्ने क्रम बढ्दो छ ।
अधिकांश हिउँदमा उत्तर अमेरिकाको हिमाली लाटोकोशेरो ग्रेट लेक्स वा केप कोल्ड क्षेत्रभन्दा धेरै तल नझर्ने विडनसाउन बताउँछन् । ‘तर, आक्रमण हुँदा भने उनीहरुले सामान्यभन्दा अझै दक्षिणी क्षेत्रमा बसाइँ सर्छन्,’ उनी भन्छन् ।
पूर्व र माथिल्लो मध्यपश्चिमी क्षेत्रमा देखिएका जवान चराहरुमध्ये अधिकांश हिउँमा पाइने लाटोकोशेरो छन् । पक्षीहरुको निरीक्षकर्ताहरुको समूहले प्रयोग गर्ने गैरसरकारी मञ्च इबर्डका अनुसार यो हिउँदे मौसममा कन्सास, मिसोउरी, टेनेसा, नर्थ क्यारोलिना र म्यारिल्यान्डमा हिमाली लाटोकोशेरा फेला परेका छन् ।
अमेरिकाको मुटुमा फेला पर्न थालेपछि लाटोकोशेरोले अधिकांश चराचुरुङ्गीप्रेमीको ध्यान तानेको छ ।







डिसी नेपाल







Facebook Comment