टाट पल्टिनबाट जोगिन श्रीलंकाले लियो कठोर र अप्रिय निर्णय, अन्तिम विकल्पको प्रयोग गर्‍यो

डिसी नेपाल
५ माघ २०७८ १५:१५
13.5k
Shares

काठमाडौं। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आफूलाई टाट पल्टिनबाट बचाउनको लागि निकै कठोर निर्णय लिएको छ । उनले आफूलाई बचाउनको लागि आफ्नो भण्डारमा रहेको सुन बेच्ने निर्णय गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार उसले विदेशी मुद्रा भण्डार खाली हुन लागेपछि आफ्नो ‘गोल्ड रिजर्भ’को एक हिस्सा बेचिदिएको छ । श्रीलंकाका प्रमुख अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्व डेप्युटी गभर्नर डा. डब्लु ए विजेवर्धनेले हालै एक ट्वीट गर्दै केन्द्रीय बैंकको गोल्ड रिजर्भ कम भएको बताएका थिए ।

उनले आफ्नो ट्वीटमा केन्द्रीय बैंकको गोल्ड रिजर्भ ३८.३ करोड डलरबाट घटेर १७.८ करोड डलरमा झरेको बताएका थिए । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर निवार्ड क्याब्रालका अनुसार श्रीलंकाले आफ्नो गोल्ड रिजर्भको एक हिस्सा नगद विदेशी मुद बढाउनको लागि बेचेको हो । चीनसँग करेन्सी स्वाप (डलरको सट्टा एक अर्काको मुद्रामा व्यापार) पछि २०२१ को अन्त्यमा मात्र श्रीलंकाको केन्द्रीय बैंकले आफ्नो गोल्ड रिजर्भ बढाएको थियो ।

इकोनोमी नेक्स्टको एक रिपोर्टका अनुसार श्रीलंकाको केन्द्रीय बैंकसँग २०२१ को सुरुवातमा ६.६९ टन सुन थियो । जसमध्ये लगभग ३.६ टन सुन बेचिएको छ । यससँगै अब ऊसँग ३ देखि ३.१ टन सुन मात्र बाँकी छ । २०२० मा पनि केन्द्रीय बैंकले सुन बेचेको थियो । त्यो वर्षको सुरुवातमा श्रीलंकासँग १९.६ टन सुन थियो जसमध्ये १२.३ टन सुन बेचिएको थियो । श्रीलंकाले २०१५, २०१८ र २०१९ मा पनि सुन बेचेको थियो ।

गभर्नर क्याब्रालले सुनको बिक्री विदेशी मुद्राको भण्ठार बढाउनको लागि गरिएको बताए । उनले भने ‘जब विदेशी मुद्राको भण्डार कम हुन्छ हामी सुनको होल्डिङलाई कम गर्छौं । जव विदेशी मुद्राको भण्डार बढिरहेको थियो त्यतिबेला हामीले सुन किन्यौं । एक पटक जब विदेशी मुद्राको भण्डार ५ अर्ब डलरभन्दा अधिक हुनेछ त्यसपछि केन्द्रीय बैंकले सुनको होल्डिङ बढाउने विषयमा विचार गर्नेछ ।’

डा. डब्लु ए विजेवर्धनेले सुन बेचिएको विषयमा श्रीलंकाको अखबार डेली मिररसँग कुरा गर्दै श्रीलंकाको तुलना १९९१ को भारतसँग गरेका छन् । त्यतिबेला भारतले पनि टाट पल्टिनबाट बच्नको लागि सुन धितो राखेको थियो । उनले भने ‘सुन एक रिजर्भ हो जसलाई कुनै देश डिफल्टको संघारमा पुगेको अवस्थामा अन्तिम उपायको रुपमा उपयोग गरिन्छ । त्यसैले जब कुनै अर्को विकल्प नभए सुनको बिक्री संयमका साथ गरिनुपर्छ । भारतले पनि १९९१ मा आफ्नो सुन धितो राखेको थियो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *