नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा
काठमाडौं । ‘मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान’ नारा बोकेको कर्मा लामा तामाङ अध्यक्ष रहेको नेपाल विवेकशील पार्टीको कतार समिति घोषणा भएको छ ।
भर्चुअल जुम माध्यमबाट बसेको समिति घोषणा कार्यक्रममा अथिति वक्ताको रूपमा विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय समिति संयोजक तथा केन्द्रीय सदस्य सुरेश भट्टको उपस्थित रहेको थियो ।
त्यसैगरी नेपाल विवेकशील पार्टीको प्रवास संगठन अन्तर्गत जर्मन, साउदी, जापान लगायत विभिन्न देशहरूबाट सहभागी भएका थिए । कतार समिति घोषणा कार्यक्रमलाई औपचारिकता दिनका लागी नेपाल विवेकशील पार्टीको केन्द्रिय नेताहरू अध्यक्ष कर्मा लामा तामाङ, उपाध्यक्ष अजिता राई, प्रवक्ता विजयबाबु सिबाकोटी, सशी विक्रम कार्की लगायत थुप्रै केन्द्रिय नेताहरूको उपस्थित रहेको थियो ।
अथिति वक्ता सुरेश भट्ट तथा नेपाल विवेकशील पार्टीको केन्द्रिय अध्यक्ष कर्मा लामा तामाङले नव गठित तदर्थ समितिलाई र समितिको अध्यक्षमा चयन भएका टंकनाथ कोइरालालाई शुभकामना व्यक्त गरे ।
नेपाल विवेकशील पार्टीको कतार समिति यस्तो छ ।
टंकनाथ कोईरालाः अध्यक्ष
दिपक बुढाथोकीः सचिव, प्रशिक्षण तथा क्षमता विकास
शुशिल न्यौपानेः सचिव, अभियान तथा संजाल
सुमेश घिमिरेः प्रमुख, अर्थ विभाग
बाचस्पति आचार्यः सदस्य
धन कुमार गिरिः सदस्य
हरि प्रसाद शिवाकोटीः सदस्य
लोकेन्द्र दर्नालः सदस्य
नन्दबिनोद कोईरालाः सदस्य
निर्मला त्रिखत्री र एकलाल पौडेलः प्रमुख, सल्लाहकार रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment