ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

डिसी नेपाल
१० माघ २०७८ ८:१४
64
Shares

ललितपुर। कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ।

महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे। अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.