बारामा विवाहका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते

डिसी नेपाल
१० माघ २०७८ २२:४७

काठमाडौं । बारामा एउटा विवाहका लागि प्रयोग गर्न तयार पारिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३ मा विवाहमा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर सोमबार राति २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका –७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम छिन् ।

प्रहरीका अनुसार रथमा बेहुला चढ्नु अघि नै दूर्घटना भएको थियो । दूर्घटना भएपछि स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरी अस्पताल लगेका थिए । बाराका डिएसपी राजेश थापाका अनुसार घाइतेहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ । आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेका बेला रथ दुर्घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *