गोदाममा सुत्ने गरिब सेल्स गर्ल बनिन् अर्बपति सुपरस्टारकी गर्लफ्रेण्ड !
काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो जस्तै उनकी गर्लफ्रेण्ड जर्जिना रोड्रिगुएज पनि निकै चर्चामा रहन्छिन् । उनी निकै विलासी जीवन बाँच्छिन् । तर, एक समय यस्तो थियो जतिबेला उनी एक स्टोरमा काम गर्थिन् । उनको आर्थिक अवस्था निकै कमजोर थियो । तर, रोनाल्डोसँग भेटपछि जर्जिनाको जीवन पूरै बदलियो ।
आफ्नो रोमान्सको सुरुवाती दिन सम्झिँदै २७ वर्षीया अर्जेन्टिनी मोडल जर्जिनाले बताएअनुसार उनी स्पेनको मड्रिडमा गुच्चीको स्टोरमा सेल्स असिस्टेन्टको रुपमा काम गर्थिन् । यहीँ रोनाल्डोसँग उनको भेट भएको थियो । त्यसपछि उनी स्टोर जाँदा बसमा जान्थिन् त्यसपछि रोनाल्डोको २५ करोडको बुगाटी कारमा घुम्थिन् ।
हालै नेटफ्लिक्सको एक डकुमेन्ट्री भिडियोमा जर्जिनाले बताएअनुसार रोनाल्डोसँग भेट्नु भन्दा पहिले उनको आर्थिक अवस्था राम्रो थिएन । यहाँसम्म कि उनी एउटा सानो गोदाममा बस्न बाध्य थिइन् । उनीसँग एसी वा हिटर किन्नेसम्मको पैसा थिएन । तर, अहिले भने जर्जिनाको जीवनशैली निकै विलासी छ । उनी करिब ७५ करोडको शाही महलमा बस्छिन् र करिब ९० करोडको याटमा यात्रा गर्छिन् । बुगाटी, रोल्स रोयस र फरारी जस्ता कारमा घुम्न जान्छिन् ।
उनको बंगलामा इनडोर आउटडोर स्विमिङ पूल, एक जिम र एक फुटबल पिच पनि छ । हवाइ यात्राको लागि उनीसँग निजी जेट विमान पनि छ । जर्जिना भन्छिन् ‘जब म पहिलो पटक रोनाल्डोको घर गएँ त्यतिबेला हरेक पटक म पानी लिन किचनमा जाँदा हराउँथें । किनकि घर धेरै ठूलो थियो । कहिलेकाहीँ मलाई लिभिङ रुमबाट फर्किन आधा घण्टा लाग्थ्यो । मलाई सानो अपार्टमेन्टमा बस्ने बानी थियो । मलाई घरको बारेमा जान्नको लागि ६ महिना लाग्यो ।’
रोनाल्डोकी गर्लफ्रेण्डको रुपमा जर्जिना सामाजिक संजालमा सबेभन्दा धेरै फलो गरिने महिलामध्ये एक हुन् । जर्जिना सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन् । उनका इन्स्टाग्राममा करिब ३ करोड फलोअर छन् । उनी कैयौं ठूला ब्राण्ड इन्डोर्स पनि गर्छिन् । रोनाल्डो र जर्जिना करिब ५ वर्षदेखि साथमा छन् । उनीहरुले जून २०१६ देखि डेट गर्न थालेका थिए । २०१६ मा स्पेनमा रोनाल्डो गुच्चीको शोरुम गएका बेला उनीहरुको भेट भएको थियो ।







डिसी नेपाल







Facebook Comment