एश्ले बार्टी बनिन् अस्ट्रेलियन ओपन च्याम्पियन

डिसी नेपाल
१५ माघ २०७८ १६:४१
24
Shares

काठमाडौं। विश्व बरियतामा नम्बर १ टेनिस खेलाडी एश्ले बार्टीले अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । उनले आफ्नो करिअरमै पहिलो पटक अस्ट्रेलियन ओपन जितेकी हुन् । बार्टीले फाइनलमा अमेरिकाकी ड्यानियले कोलिन्सलाई सिधा सेटमा ६–३, ७–६ ले पराजित गरेकी हुन् । यी दुईबीचको यो फाइनल खेल १ घण्टा २७ मिनेट चल्यो ।

बार्टीले यो उपाधि जितेसँगै इतिहास बनाएकी छिन् । ४४ वर्षपछि यो उपाधि जित्ने उनी पहिलो अस्ट्रेलियाली खेलाडी बनेकी छिन् । यसअघि १९७८ मा क्रिस ओनिलले अस्ट्रेलियन ओपन जितेका थिए । यसअघि सेमिफाइनल जितेसँगै एश्ले ४२ वर्षपछि फाइनल पुग्ने अस्ट्रेलियाली खेलाडी बनेकी थिइन् । यसअघि १९८० मा वेन्डी टर्नबुल फाइनलमा पुगे पनि उपाधि जित्न सकेकी थिइनन् ।

एश्लेको सिंगल्सतर्फ यो तेस्रो ग्राण्ड स्लाम उपाधि हो । अस्ट्रेलियन ओपन जित्नुभन्दा पहिले उनले २०१९ मा फ्रेन्च ओपन र २०२१ मा विम्बल्डन जितेकी थिइन् । यो प्रतियोगितामा बार्टीले एउटा सेट पनि हारिनन् । फाइनल पनि उनले सिधा सेटमा जितिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *