कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए

डिसी नेपाल
१५ माघ २०७८ १९:४९
36
Shares

काठमाडौं ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।

उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ सङ्क्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका छन् भने होमआइसोलेशनमा छ हजार ९८५ जना रहेको निर्देशनालयले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *