के साँच्चै एक सय तीन दिन भित्रै स्थानीय तहको निर्वाचन सम्भव छ?
काठमडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी अघि बढाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीहरूसँग मंगलबार भएको भेटमा आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गराउने वचन दिंदै चुनावको तयारी थाल्न आग्रह गरेका छन् । सरकारले मिति घोषणा गरेको कम्तीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम थालेको छ ।
निर्वाचन कार्यक्रम भने चुनाव हुन एक महिना बाँकी रहँदा मात्र ल्याइने पनि आयोगले जनाएको छ । निर्वाचन कार्यक्रममा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबीविरोध, छानबिनलगायतका विषय समेटिनेछ ।
निर्वाचनको व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक पक्ष तयार गर्न आयोगलाई सामान्यतयाः निर्वाचनको मिति घोषणा भएको दिनदेखि १ सय २० दिन आवश्यक पर्दछ । सरकार र आयोगबीच समझदारी बनेको जेठ ४ का लागि अब १ सय ३ दिन मात्रै बाँकी छ ।
आयोगले धेरैजसो पूर्व तयारीहरू सकिसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment