नेपालमा विवाद चर्किएका बेला एमसीसीको नयाँ सीइओ नियुक्त

डिसी नेपाल
२६ माघ २०७८ १५:२४
128
Shares

काठमाडौं। नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने वा नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद चर्किएका बेला अमेरिका सरकारले एमसीसीमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले एलिस अल्ब्राइटलाई एमसीसीको सीइओ नियुक्त गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

यसअघि गएको अगष्ट ६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले १० फरक फरक पदमा नियुक्तिका लागि १० जनाको मनोनयन गरेका थिए । त्यतिबेलै बाइडेनले एलिस अल्ब्राइटलाई एमसीसीको प्रमुख कार्यकारीको रुपमा नियुक्तिका लागि मनोनयन गरेका थिए । एमसीसीले आफ्नो आधिकारिक वक्तव्यमा जनाएअनुसार सिनेटमा भएको मतदानमा सर्वसम्मतिले अल्ब्राइटलाई नियुक्त गर्ने निर्णय भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *