‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल

डिसी नेपाल
२ फागुन २०७८ १९:१५
240
Shares

काठमाडाैं। भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन्।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए।

‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ। अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने । यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.