पहिलो फिल्ममा दीपिकाको निःशुल्क अभिनय

डिसी नेपाल
४ फागुन २०७८ १२:१९
308
Shares

काठमाडौं। बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ।

आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै कमाइन्। उनको अहिलेको कुल सम्पत्ति सय करोडभन्दा बढी नै छ । तर, सायद कमैलाई मात्र थाहा होला कि महंगो पारिश्रमिक लिने दीपिकाले आफ्नो डेब्यू फिल्म ‘ओम शान्ति ओम’मा निःशुल्क काम गरेकी थिइन्।

यो फिल्ममा दीपिकाको संवाद ‘एक चुट्की सिन्दूर की कीमत तुम क्या जानो महेश बाबू’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले फिल्ममा एक चुटकी सिन्दुरको मूल्यको बारेमा बताइरहँदा आफू भने निःशुल्क अभिनय गरिरहेकी थिइन्।

‘ओम शान्ति ओम’मा अभिनेता शाह रुख खानको जोडी बनेर अभिनय गरेपछि दीपिका रातारात स्टार बनेकी थिइन्। यो फिल्ममा दीपिकाको अभिनय र लोकप्रियता देखेपछि उनलाई फिल्ममा अनुबन्धित गर्न निर्माता तथा निर्देशकको भीड नै लागेका थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *