ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गरेपछि प्रवासी नेपाली एकता समाज पनि समाहित
काठमाडौं। हाम्रो नेपाल हामी नेपाली अभियानका अभियान्त ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेसंगै प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को समिति पनि राप्रपाको नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो ।
विज्ञप्ती
प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले निम्न निर्णय गरेको छ ।
१.राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रवास आइसीसीको अविचलित प्रतिबद्धता रहेको छ । सिद्धान्तबाट विचलित भएर लक्ष्यमा पुग्न सकिदैन भन्नेमा प्रवास आइसीसी प्रष्ट छ । प्रवास आइसीसी पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाइ निरुत्साहित गरिनुपर्ने पक्षमा रहेकाले पार्टीको मुलधारमा रहने प्रतिवद्धता व्यक्त गर्दछ । साथै पार्टीले उचाइ हासिल गर्दै गएको, पार्टीको एजेण्डा लोकप्रिय बन्दै गएको र राप्रपा प्रति आम जनताको आकर्षण बढिरहेको समयमा अलमल र द्विविधामा नपर्न प्रवास आइसिसी स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै तहका साथीहरूलाई अनुरोध समेत गर्दछ ।
२.ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियान औपचारिक रुपमा राप्रपामा समायोजन भएकाले प्रवासी नेपाली एकता समाजको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समितिहरूमा उक्त अभियानलाई समाहित गर्ने निर्णय गरेको छ ।
प्रेमकुमार श्रेष्ठ
प्रवासी नेपाली एकता समाज
अन्तर्राष्ट्रिय समन्वय समिति ।







डिसी नेपाल







Facebook Comment