विश्वकप छनोटको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने

डिसी नेपाल
१० फागुन २०७८ १५:३०
164
Shares

काठमाडौं। ओमनमा जारी टि–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मस्कटको अल अमीरातस्थित ओमन क्रिकेट एकेडेमी ग्राउण्डमा हुने खेलमा युएइले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

आजको खेल नेपालका लागि सबैभन्दा महत्वपूर्ण छ किनकि आजको खेल जितेर फाइनल पुग्ने टिमले २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउनेछ । नेपालले आज खेल्ने पिच लो स्कोरिङ छ । यहाँ नेपालले पहिलो खेल ओमनसँग खेलेर ११७ रन बनाएको थियो र ओमनलाई ७८ रनमै रोकेको थियो ।

यही मैदानमा नेपालले दोस्रो खेल हिजो खेलेको थियो । हिजो नेपालले क्यानडालाई ८० रनमै रोकेको थियो र लक्ष्य पच्छ्याएर जितेको थियो । यस्तै यही मैदानमा युएइले आयरल्याण्डसँग १५७ रन बनाएको थियो । आयरल्याण्डलाई १३९ मै रोकेर जितेको थियो । यस्तै अर्को खेलमा जर्मनीविरुद्ध १९१ रन बनाएको थियो र जर्मनीलाई १६७ मा रोकेको थियो । यो मैदानमा विश्वकप छनोटका अहिलेसम्म खेलमा नेपाल र युएइ दुवैले कुनै खेल हारेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *