युक्रेनको लिभिव सहरमा युक्रेन छोड्न ट्रेन पर्खँदै एक्लो नेपाली

डिसी नेपाल
१७ फागुन २०७८ १७:२७

इटली। युक्रेनको किभ सहरमा रहेका एक जना नेपाली र बिदेशी बिद्यार्थीहरु सोमबार किभ सहर छोडेका छन्। ६ दिनदेखि जारी रुस र युक्रेनको युद्धका बीच सोमबार दुई देशबीच वार्ता पनि भएको थियो तर बार्ता उपलब्धि मुलक हुन सकेन।

सोमबार दुइ देश बीच बार्ता चलिरहँदा किभ सहरमा रहेका नागरिकले सो शहर छोड्न पाउने अनुमति पाएसँगै उनीहरु सोमबार त्यो ठाउँबाट निक्लेका हुन्। किभ शहर छोडे पनि उनीहरु अझै युक्रेन मै छन्।

“पोल्याण्डको सीमासम्म पुग्न हामीलाई सोचे जस्तो सजिलो भने छैन। हामी थकित छौं , डर पनि उस्तै लागेको छ “निरन्जन गुप्ताले डिसी नेपाललाई बताए। “हिजो किभ सहरबाट निक्लेको हामी आज बल्ल लिभिव सहर आइपुगेका छौं, अब यहाँ बाट पोल्याण्डको सीमामा जान अहिले ट्रेन स्टेशनमा छौं।’

युक्रेन छोड्ने मानिसहरुको भिड एकदमै धरै भएको कारण सबैलाइ समस्या परिरहेको उनले बताए। युक्रेनको राजधानीबाट अहिले उनी भएको लिभिव सहर लगभग ५ सय ५० किलोमिटरको दूरीमा छ। आज साझसम्म उनी पोल्याण्डको सीमासम्म पुग्न सक्ने आशा राख्दै बसेका छन्। ‘ट्रेनमा हिँडेको ७ देखि ८ घण्टामा हामी पोल्याण्डको सीमामा पुग्ने  उनले बताए ।

उनीहरु युक्रेनको राजधानी किभ सहरमा रहेको बोगोमोलेट्स राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु हुन्। पोल्याण्डको सीमासम्म पुग्न लिभिव सहरमा ट्रेनको पर्खाइमा बस्ने उनी एक्लो नेपाली हुन्। यो समाचार तयार पार्दा सम्म उनी युक्रेनको लिभिव सहर मै छन्।

यसैबीच पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खाद्यान्न किन्न बंकर बाहिर निक्लदा रुसी सेनाले खसालेको बम बिस्फोटमा परी उनको ज्यान गएको हो।

भारतको कर्नाटक सहरका उनी अध्ययनका लागि युक्रेनको खार्किव सहरमा थिए। खार्किव युक्रेनको दोस्रो ठूलो सहर हो जुन रुसी सेनाको भारी गोलाबारीमा परेको छ। भारतको विदेश मन्त्रालयले विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *