युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगो लाग्यो

डिसी नेपाल
२० फागुन २०७८ १०:२८

काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आगो लागेको छ । रूसी फौजको आक्रमणमा यो केन्द्रमा आगो लागेको हो । युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले “तत्काल कदम चाल्न” विश्वलाई आग्रह गरिरहेका छन्।

“युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्। उनले अगाडि भनेका छन्,“युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।”

जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्।

यसअघि युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा “सुनिश्चित” गरिएको बताएका थिए । आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको फेसबुकमा लेखेका छन्।

“जेडएनपीपीका निर्देशकले परमाणु सुरक्षा सुनिश्चित गरिएको कुरामा मलाई आश्वस्त पारेका छन्,” उनले भने।

यसअघि युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा“सबै दिशाबाट हमला गरिरहेको”बताएका थिए।

स्थानीय अधिकारीहरूकाअनुसार रुसी आक्रमणका कारण परमाणु ऊर्जा केन्द्रमाआगलागी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *