फेरि उठ्दै राप्रपा

डिसी नेपाल
२१ फागुन २०७८ ६:४२
184
Shares

काठमाडौं। गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको राप्रपा दोस्रो संविधानसभाको बेलाजस्तै जनप्रिय बन्ने प्रयास गरिरहेको छ ।

गत स्थानीय निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिट छ ।

दोस्रो संविधानसभामा मुलुकको सदनमा ३७ सिटको साथ चौथो ठूलो दल बनेको राप्रपा पछिल्लो समय पार्टी फुटको शिकार बन्नुका साथै आफ्नो एजेन्डाबाट विचलित भएको भन्दै आलोचित बनेको थियो ।

हिन्दूराष्ट्र, राजसंस्थाको पक्षपाती राप्रपाले रीतिरिवाज, परम्परा, संस्कृतिको रक्षा गरेर पनि समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने धारणा राख्दै आएको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनमा २० औं वर्षदेखि पार्टी नेतृत्वमा रहेका कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेका राजेन्द्र लिङ्देन भन्छन्– ‘हामी सुशासनको हिमायती पनि हौं ।’

आउँदो स्थानीय निर्वाचनमा सबै तहमा राप्रपाको उम्मेदवार खडा गर्ने भन्दै आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा अन्य दलसँग तालमेल हुन सक्ने बताउनुहुन्छ ।

वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकतामा राख्दै राप्रपाभित्र महामन्त्री भुवन पाठकले तयार पारेको स्थानीय निर्वाचनसम्बन्धी कार्यपत्रमाथि छलफल भइरहेको नेपाल समाचारपत्र खवर छ । ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *