मल्ललाई राष्ट्रिय प्रतिभा पुरस्कार

डिसी नेपाल
२२ फागुन २०७८ ८:३४
40
Shares

भक्तपुर। प्राध्यापक कोमलवदन मल्ल राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छिन्। पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले शनिबार एक कार्यक्रमकाबीच उनलाई नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरे।

शव्दयात्रा प्रकाशन अक्षराम्भ काभ्रेपलान्चोकद्वारा भक्तपुरमा आयोजित पुरस्कार समर्पण समारोहमा उनलाई पुरस्कृत गरिएको हो। ४२ वर्ष लामो शिक्षण पेशामा आवद्ध भई शिक्षाको विकासमा सहयोग पुर्‍याएको भन्दै उनलाई पुरस्कृत गरिएको हो।

पुरस्कारको व्यवस्था भ्रष्टाचार विरोधी आन्दोलनका अगुवा भरत जंगमले गरिदिएका हुन्। विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एक जना भक्तपुरकालाई प्रत्येक वर्ष एक जनालाई यो पुरस्कारबाट सम्मानित गर्ने जंगले प्रतिवद्धता जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *