जोन अब्राहमको ‘अट्याक’ मा देशभक्तिको कथा
काठमाडौं। पछिल्लो समय एकपछि अर्को एक्सन फिल्ममा देखा परिरहेका बलिउड अभिनेता जोन अब्राहमको प्रतिक्षित फिल्ममध्येकै एक हो अट्याक । उनको अभिनयसँगै निर्माणसमेत रहेको फिल्मले देशभक्तिको कथा भन्छ।
लक्ष्यराज आनन्दको निर्देशनमा तयार फिल्मले देशभक्तिको कथा समेटिएको छ। जसमा अब्राहमले एक सैनिकको भूमिका निर्वाह गरेका छन्। फिल्ममा जोनसँगै राकुलप्रीत सिंह, ज्याक्लिन फर्नान्डिज, प्रकाश राज, रत्न पाठक शाहलगायतको अभिनय रहेको छ।
गत जनवरीमै रिलिज घोषणा गरिएको फिल्म कोरोना भाइरसको तेस्रो लहरका कारण स्थगित भएको थियो। यद्यपि निर्माण पक्षले फिल्म १ अप्रिलमा प्रदर्शन हुने घोषणा गरेको छ । जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ डेट घोषणा गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment