प्रीति कौरको ‘के को शान’ गीत सार्वजनिक
काठमाडौं। गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ। आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।
गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ। पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ। मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ।
कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन्। लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् । ‘करिब ६-७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु। साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment