रुसी सेनाको हमलामा सर्बसाधारणको मृत्यु
मस्को। युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ । पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ। राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ।
रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन्। युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ। यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment