बन्द भयो अर्जुन र जोनको ‘अय्यप्पनम कोशियुम’

डिसी नेपाल
२७ फागुन २०७८ ८:२८
252
Shares

काठमाडौं। मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो। फिल्मका लागि कलाकार फाइनल भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ।

समाचारअनुसार अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका लागि निर्माणको काम बन्द गरिएको छ। फिल्मका निर्देशक जगन शक्तिले यो बन्द गर्नका लागि कैयौं कारण दिएका छन्। उनले अभिनेता जोन हाल शाहरुख खानको फिल्म ‘पठान’मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन्।

हालैमात्र हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन् २०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.