देउवा हाम्रो औँला समाएर प्रधानमन्त्री बनेका हुन्ः प्रवक्ता खतिवडा

डिसी नेपाल
२८ फागुन २०७८ १२:०३
540
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टीको औँला समाएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’कार्यक्रममा बोल्दै खतिवडाले भनेका छन् ‘उहाँ (शेरबहादुर देउवा) सुरुमा हाम्रो औँला समाएर प्रधानमन्त्री बन्नु भयो, अहिले उहाँले पनि हामीलाई औँला दिनुभएको छ त्यसकारण अहिले कुनै नराम्रो भएको छैन बराबरी सम्बन्ध भएको छ।

उनले केपी ओलीको प्रतिगमन आज पनि कायमै रहेको बताउँदै यसलाई रोक्न गठबन्धन जरूरी रहेको बताए । ुओलीजीको प्रतिगमन आज पनि कायमै रहेको हुनाले आजको अवश्यक्ता भनेको गठबन्धन गरेर जाउँ भन्ने हो। पहिले एकल सरकार पनि हामीले हेर्यौ, तर हामीले चलाउन सकेनौँ। त्यसकारण एउटा समयसम्म संगै मिलेर जानका लागि हामी औँलामात्र समाउँदैनौ अंगालो मारेर एउटै उद्देश्य बोकेर हिँडेका छौँ’उनले भने ।

‘यसकारण होँच्याउनेहरुले फलानोले औँला दियो भन्लान् तर बुझ्ने मानिसहरुले यिनीहरु मिलेका छन् र नै लोकतन्त्रको रक्षा भएको छ भन्ने बुझेका छन्’ उनले भने । नेपाली कांग्रेससंग चुनावी गठबन्धन गर्न नेकपा (एस) किन यति धेरै मरिहत्ते गर्छ त ? भन्ने प्रश्नमा भने नेकपा एमाले र केपी ओली अझै पनि प्रतिगमनको बिम्वको रुपमा आज पनि रहेकाले र त्यसको आवश्यक्ता आजपनि जारी रहेको संसद जोगाउन गठबन्धन गर्नु परेको बताएका छन्।

‘यसरी एमालेको प्रतिगमन विरुद्ध गठबन्धन हुँदा गठबन्धनको ठूलो दल भएको हुनाले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ। तर कांग्रेससंग सती जानको लागि गठबन्धन निर्माण भएको हैन। खतिवडाले भने ‘र कांग्रेसको प्रधानमन्त्री पनि कांग्रेस पार्टी भएर हैन उ स्वतन्त्र सांसदको रुपमा भएको हो । देउवाजी प्रधानमन्त्री हुँदा नेपाली कांग्रेस भएर भएको हैन। कांग्रेसको नेता जरुर हो तर उहाँ सांसदको रुपमा प्रधानमन्त्री हुनुभएको हो।’

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.