सांसदले भिडमाथि गाडी दौडाए, ७ जना प्रहरीसहित २२ जनालाई किच्यो

डिसी नेपाल
२९ फागुन २०७८ १०:३९
1.4k
Shares

काठमाडौं। बिजु जनता दलका प्रदेश सांसद प्रशान्त जगदेवले भारतको ओडिशाको बाणपुरमा आफ्नो गाडी भिडमाथि दौडाए । घटनामा ७ जना प्रहरी, २ जना पत्रकारसहित २२ जना घाइते भए । घाइते एक जनाको अवस्था गम्भीर भएको बताइएको छ । बताइएअनुसार घटनाको समयमा सांसद जगदेवले आफ्नो गाडी आफैं चलाइरहेका थिए ।

विधायकको यो हर्कतपछि आक्रोशित जनताले उनलाई गाडीबाट बाहिर थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट विधायक पनि गम्भीर रुपमा घाइते भएका छन् । उनलाई उपचारको लागि भुवनेश्वरको निजी अस्पतालमा भर्ना गरिएको छ । केन्द्रान्चलका पुलिस आइजी नरसिंह भोलले बीबीसी हिन्दीलाई बताएअनुसार चिल्काका विधायम अहिले पुलिस हिरासतमा छन् र उनीमाथि हत्याको प्रयास सहित कैयौं गम्भीर धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ । आइजी भोलले भने ‘विधायक अस्पतालबाट डिस्चार्ज भएपछि हामीले उनलाई गिरफ्तार गरेर जेल पठाउनेछौं ।’

शनिबार बाणपुरमा ब्लकको अध्यक्षको चुनाव थियो । त्यसैले ब्लकको अगाडि विभिन्न राजनैतिक दलका कार्यकर्ता सहित धेरै मानिसहरु थिए । त्यही बेला विधायकले गाडी भिडमाथि चढाइदिए । प्रत्यक्षदर्शीका अनुसार बाणपुरका थाना प्रभारीले गाडीअगाडि आएर विधायकलाई रोक्ने प्रयास गरे । तर, जगदेवले उनलाई पनि छोडेनन् र उनीमाथिबाटै गाडी अगाडि बढाए जसका कारण थाना प्रधारीसहित केही पुलिसकर्मी, सर्वसाधारण घाइते भए ।

खोरधाका एसपी अलेख चन्द्र पहीले बीबीसीसँग घटनाको पुष्टि गर्दै थाना प्रभारीसहित ७ पुलिसकर्मी घाइते भएको बताएका छन् । उनका अनुसार घटनास्थलमा अभै पनि तनाव छ त्यसैले स्थिति नियन्त्रण गर्न बाणपुरमा २ प्लाटुन पुलिसकर्मी तैनाथ गरिएका छन् । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा विधायकले मदिरा पिएका थिए ।

उनले त्यहाँ भएका मानिसहरुको कुरा सुन्दै नसुनी भिडमाथि गाडी दौडाएका थिए । अन्ततः उनको गाडी एउटा रुखमा ठोक्कियो । त्यसपछि भिडले उनलाई गाडीबाट बाहिर ताने र निर्घात कुटपिट गरे । घटनापछि विपक्षी दलले यसको कडा निन्दा गर्दै विधायकलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सत्तारुढ बिजु जनता दलले पनि विधायकविरुद्ध कडा कारवाही गरिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *