पाकिस्तानी प्रधानमन्त्रीले भने – ‘भारतको परमाणु मिसाइलको जवाफ दिन सक्थ्यौं तर…’

डिसी नेपाल
३० फागुन २०७८ ११:१५
3.4k
Shares

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको परमाणु मिसाइल पाकिस्तानमा खसेपछि आफ्नो देशले जवाफ दिन सक्ने भए पनि आफ्नो देशले संयम देखाएको बताएका छन् । आइतबार प्रधानमन्त्री इमरानले यस्तो बयान दिएका हुन् । खासमा भारतले केही समय पहिले एउटा मिसाइल प्रहार गरेको थियो जुन पाकिस्तानको पंजाब प्रान्तमा गएर खसेको थियो ।

९ मार्चमा भारतको सुपरसोनिक मिसाइल लाहोरबाट करिब २७५ किलोमिटर टाढा पाकिस्तानी क्षेत्रमा खसेको थियो । यसबाट एउटा कोल्ड स्टोरेज षतिग्रस्त भएको थियो । यो घटनामा कसैको ज्यान भने गएन । पछि भारतले सफाइ दिँदै प्राविधिक त्रुटिका कारण यो मिसाइल गल्तीवश फायर भएको बताएको थियो ।

इमरानले आइतबार पहिलो पटक यो घटनाबारे सार्वजनिक रुपमा बयान दिएका हुन् । उनले भने ‘हामी भारतीय मिसाइल पाकिस्तानमा खसेको जवाफ दिन सक्थ्यौं तर हामीले संयम अपनायौं ।’ इमरान आइतबार पंजाबको हफिजाबादमा एक र्यालीलाई सम्बोधन गर्न पुगेका थिए । अहिले इमरानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याएका छन् ।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले शनिबार एक बयान जारी गर्दै मिसाइल दुर्घटनाको विषयमा भारतको जवाफबाट सन्तुष्ट नभएको बताएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा संयुक्त जाँचको माग गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले भनेको थियो ‘हामी जान्न चाहन्छौं कि भारतको तर्फबाट कुन मिसाइल प्रहार गरियो र यसको स्पेसिफिकेसन के थियो ।’

पाकिस्तानले अगाडि भनेको थियो ‘यति गम्भीर मामिलालाई एउटा सजिलो स्पष्टीकरणबाट अन्त्य गर्न सकिँदैन । भारतले जुन आन्तरिक जाँचको कुरा गरिरहेको छ त्यो पनि पर्याप्त छैन किनकि मिसाइल त पाकिस्तानमा खसेको छ । यस्तोमा हामी संयुक्त जाँचको माग गर्दछौं जसबाट हरेक तथ्यको निष्पक्ष जाँच गर्न सकियोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *