रुसले आफूसँग आर्थिक र सैन्य सहयोग मागेको विषयमा चीनले जवाफ दियो

डिसी नेपाल
३० फागुन २०७८ १२:२०
7.2k
Shares

काठमाडौं। रुसले चीनसँग आर्थिक र सैन्य सहायता मागेको र चीनले रुसलाई सहयोग दिन सक्ने अमेरिकी मिडियाको रिपोर्टबारे चीनले जवाफ दिएको छ । अमेरिकास्थित चीनको दूतावासका एक प्रवक्ताले चीनको उद्देश्य युक्रेनमा जारी युद्धलाई ‘अनियन्त्रित हुनबाट रोक्नु’ भएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सले प्रवक्ता लियु पेंग्युको हवाला दिँदै लेखेको छ ‘युक्रेनको स्थिति वास्तवमै चिन्ताजनक छ ।’ प्रवक्ता लियुले अगाडि भनेका छन् ‘अहिले सबेभन्दा ठूलो प्राथमिकता तनावपूर्ण स्थितिलाई अरु बिग्रिनबाट रोक्ने वा अनियन्त्रित हुनबाट रोक्ने हो ।’ यसअघि केही मिडिया रिपोर्टमा अमेरिकी अधिकारीको हवाला दिँदै रुसले चीनसँग आथिृक र सैन्य सहयोग मागिरहेको बताइएको थियो ।

यी रिपोर्टको बारेमा सोधिँदा प्रवक्ता लियुले आफूले कहिल्यै पनि यसबारेमा नसुनेको बताए । अमेरिकाले चीनलाई प्रतिबन्धबाट बच्न रुसलाई सहयोग गरेमा यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चीनले अहिलेसम्म रुस युक्रेन युद्धमा तटस्थ भूमिका देखाइरहेको छ । तर, उसले रुसको निन्दा गर्न भने अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *