अमेरिकाको दुतावासमा इरानद्वारा १२ वटा मिसाइल आक्रमण

डिसी नेपाल
३० फागुन २०७८ १४:०५
7.6k
Shares

काठमाडौं। इराकमा अमेरिकी दुतावासमा भएको मिसाइल आक्रमणको जिम्मेवारी इरानले लिएको छ । इरानको रिभोल्युसनरी गार्डसले इरबिलमा १ दर्जन मिसाइल हानेको दावी गरेको छ । इरानको तर्फबाट सरकारी मिडियामा जारी बयान यो आक्रमण इरबिलमा इजरायलका रणनैतिक केन्द्रहरुमा गरिएको बताइएको छ ।

मिसाइल आक्रमणपछि उत्तरी कुर्द क्षेत्रीय राजधानी इरबिलका गभर्नर ओमद खोशनावीले बताएअनुसार यी मिसाइलले अमेरिकी दुतावास र इरबिलमा एक कुर्दिश समाचार च्यानलको कार्यालयलाई निशाना बनाएका थिए । मिसाइल आक्रमणपछि दुतावास परिसरमा आगो लागेको थियो । यो आक्रमणमा कुनै पनि मानवीय क्षतिको भने पुष्टि भएको छैन ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार रिभोल्युसनरी गार्डसले यो आक्रमणको जिम्मेवारी लिँदै बयान जारी गरेको छ । रिभोल्युसनरी गार्डसले इजरायललाई धम्की पनि दिएको छ । इरानी सेनाले भनेको छ ‘इजरायलको कुनै पनि आक्रमणको जवाफ कठोर, निर्णायक र विनाशकारी तरिकाले दिइनेछ । यद्यपि अहिलेसम्म यो पुष्टि भएको छैन कि इरबिलमा इजरायलको उपस्थिति छ कि छैन । यसका बावजुद मिसाइलको निशानामा अमेरिकी दूतावास र सैन्य अड्डा नै रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *