चीनले भन्यो ‘रुसले हामीसँग सहयोग मागेको छैन, अमेरिकाको दावी ‘दुष्प्रचार’

डिसी नेपाल
३० फागुन २०७८ १५:५१
72
Shares

काठमाडौं। रुसले चीनसँग सैन्य सहयोग मागेको भनेर अमेरिकाले गरेको दावी गलत भएको चीनले प्रस्ट पारेको छ । चीनले भनेको छ ‘अमेरिकी अधिकारीहरुले दावी गरेका छन् कि रुसले युक्रेनको लडाइँमा चीनसँग सैन्य सहयोग मागेको छ । तर, यो दुष्प्रचार हो ।’

केही नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरुको हवाला दिँदै अमेरिकी समाचार संस्थाहरुले रुसले युक्रेन आक्रमणको क्रममा चीनसँग सैन्य सहयोग मागेको बताएका थिए । त्यसपछि अमेरिकाले चीनलाई चेतावनी दिँदै यदि उसले रुसलाई सहयोग गर्यो भने यसको परिणाम भोग्नुपर्ने बताएको थियो ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले प्रेस ब्रिफिङमा भने ‘अमेरिकाले युक्रेन युद्धमा चीनको भूमिकालाई लिएर चकचके तरिकाले झुट फैलाइरहेको छ ।’ प्रवक्ताले चीनले शान्तिको लागि समारात्मक भूमिका निर्वाह गरेकोमा जोड दिए । उनले वार्ताबाट यो समस्या सुल्झाउन अपिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *