‘तेस्रो विश्वयुद्ध टार्न हामीलाई मद्दत चाहिन्छ’

डिसी नेपाल
३० फागुन २०७८ १७:२७
1.9k
Shares

काठमाडौं । युक्रेनले निरन्तर पश्चिमा देशहरूलाई रुसविरुद्धको लडाइँका लागि थप सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले उक्त आग्रह दोहोर्‍याएका छन्।

“युक्रेन सफलताका साथ लडिरहेको छ,” उनले भने, “लड्नका लागि हामीलाई तपाईँहरूको मद्दत चाहिन्छ। हामीलाई आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउनुहोस्..”

उनले थपे, “रुसमाथि थप प्रतिबन्धहरू लगाउनूस् र उसलाई पूर्ण रूपमा एक्ल्याउनूस। पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्नुहोस् र त्यसो गरे तपाईँहरूले एउटा ठूलो युद्धलाई टार्न सक्नुहुन्छ।”

कतिपय पश्चिमा सरकारहरूले उक्त तनावमा आफ्नो संलग्नताले अवस्थालाई थप खराब बनाउनसक्ने चिन्ता व्यक्त गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *