रुसी राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’

डिसी नेपाल
१ चैत २०७८ १२:०५
1.3k
Shares

काठमाडौं। अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन्। उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन्।

एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन्। ‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन्। रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन्। उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन् । उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन्।

सन् २०१५ मा महिला दिवसमा प्रकाशित एक लेखमा रेबेलमाथि उनको नाम, उमेर र स्थानबारे झुटो बोलेको आरोप लागेको थियो । यो विषयमा रेबेलले बाउर मिडिया म्यागाजिनविरुद्ध मानहानीको मुद्दा दर्ता गराएकी थिइन्।

उनले आफ्नो हाई–प्रोफाइल मानहानी मामिलामा करिब १ दशमलब ४ मिलियन डलर बढी खर्च गरेकी थिइन्। अन्ततः भिक्टोरियाको सर्वोच्च न्यायालयले पत्रिकालाई ४ दशमलब ५ मिलियन डलरभन्दा बढी जरिवाना भुक्तानको आदेश दिएको थियो।

७५औं संस्करणको ‘बाफ्टा फिल्म अवार्ड’को सञ्चालन गरिरहँदा रेबेलले आफूलाई फ्याट टु फिट बनाएकी थिइन्। उनको नयाँ लुक्सलाई लिएर निकै चर्चा भएको थियो । उनले ३२ किलो वजन घटाएकी थिइन्।

रेबेलका अनुसार उनी पहिला पोलिसिस्टिक ओवर सिन्ड्रोमबाट पीडित थिइन्। २० वर्षको उमेरदेखि नै उनको तौल बढ्न थालेको थियो। कमेडियन बनेपछि स्वस्थ रहनका लागि तौल घटाउने योजना बनाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *