युक्रेनलाई कमजोर पार्न रुसको नयाँ रणनीति

डिसी नेपाल
१ चैत २०७८ १३:३०
376
Shares

काठमाडौं। रुसको रक्षा मन्त्रालयले दोनेत्स्कमा युक्रेनले गरेको मिसाइल आक्रमणको जवाफमा युक्रेनको रक्षा उद्योगहरुलाई निशाना बनाउने बताएको छ । रुसले युक्रेनमाथि पृथकतावादी नियन्त्रित क्षेत्र दोनेत्स्कमा सोमबार मिसाइल आक्रमण गरेको आरोप लगाएको छ ।

एक अनलाइन पोस्टमा रुसको रक्षा मन्त्रालयले लेखेको छ ‘दोनेत्स्कमा टोचका–यू मिसाइल आक्रमणको जवाफमा रुसको सुरक्षा बलले युक्रेनको रक्षा उद्योगसँग जोडिएका कम्पनीलाई निशाना बनाउनेछन् जसले यी हतियारको उत्पादन गर्छन् । हामी यी कम्पनीमा काम गर्ने युक्रेनी नागरिक र आसपास बस्नेहरुसँग त्यो ठाउँ छोड्न अपिल गर्दछौं ।’

युअघि रुसले दोनेत्स्कमा युक्रेनले आक्रमण गर्दाै २० सर्वसाधारणको ज्यान गएको बताएको थियो । तर, युक्रेनले यो आक्रमण गरेको आरोप अस्वीकार गरेको छ र यो आक्रमण रुसी मिसाइलबाटै भएको बताएको छ । रुसले युक्रेनमा अहम ठाउँमा आक्रमणको चेतावनी दिएको यो दोस्रो पटक हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *