पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न उपसभाति गुरुङको निर्देशन
सुनसरी । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा आज नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे। पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले निर्देशन दिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बुहमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गरे । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ताहिर मियाँ, नवोदिता चौधरी, युवानेता धिरज भट्टराईलगायत सहभागी थिए ।







डिसी नेपाल







Facebook Comment