युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका शरणार्थीः राष्ट्रसंघ
न्युयोर्क। २४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ।
यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन्। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन्।
‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने।
‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने। युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए।
‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने।







डिसी नेपाल







Facebook Comment