पानीको मूल्य एकैपटक १५ रुपैयाँ बढेपछि डिलर व्यवसायी आन्दोलित

डिसी नेपाल
२ चैत २०७८ ७:१२
188
Shares

पोखरा। जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन्। नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ। यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ। यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ।

विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन्। पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो। नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताए।

संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ। ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो। यो तर सरासर सिण्डिकेट भयो,’ उनले भने, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु? ।’

बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *