भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त

डिसी नेपाल
२ चैत २०७८ ९:४४
240
Shares

नयाँ दिल्ली। हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन्। यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन्।

८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ। ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन्।

गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग राजीनामा मागेकी हुन्। पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा माग गरेकी हुन्।

कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन। ‘कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको थियो।

पन्जाब पराजय उसका लागि सबैभन्दा खराब थियो। महिनौँको आन्तरिक द्वन्द्वसँगै अनुभवी नेता अमरिन्दर सिंह र चरणजित सिंह चान्नीसँग सिन्धुको झगडाले कंग्रेस पन्जाबमा पतन भएको हो।

यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो। कंग्रेस कार्य समितिमा वरिष्ठ नेताहरुलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियंकासँगै राजीनामा प्रस्ताव गरेकी थिइन्।

‘पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन्। तर, उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *