आफ्नै चुनाव चिन्हमा चुनाव लड्न पाउनु पर्ने परिवार दलको माग
काठमाडौं। नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सहभागिता जनाउने भएको छ। द
लका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय निर्वाचनमा दलको आफ्नै चुनाब चिन्नसहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्बाचन चिन्हमा चुनाब लडन पाउने ब्यबस्था गर्न सरकार तथा निर्बाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकले निष्पक्ष, स्वतन्त्र, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्बाचन सम्पन्न गर्ने बाताबरण तयार गर्न सरकार र निर्बाचन आयोगलाई आग्रह समेत गरेको छ।
बैठकले मुलुकमा बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यसको नेतृत्व नेपाल परिवार दलले गर्नु पर्ने ठहर गर्दै गर्न समान बिचार र एजेन्डा राख्ने दलहरुसँग छलफल गरेर निर्बाचनमा सहकार्यसमेत गर्न सकिने निर्णय गरको छ।
बैठकले दलको प्रबतामा दैलेखका रुपसिंह भण्डारीलाई मनोनित गरेको छ भने बरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्बाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेश स्तरीय स्थानीय निर्बाचन परिचालन समिति गठन गरी दलको उपस्थित रहको हेरेक स्थानीय तहमा उम्मेदबारी दिने निर्णयसमेत गरेको छ। बैठकले डा. साबीत्री न्यौपानेलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ भने केन्द्रीय कार्यालयको सचिबमा हरि जिसीलाइ नियुक्ति गरेको छ।
बैठकमा बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैध चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब बिकल्पको खोजी गर्ने बेला आएको बताए।
उनले परिवार दल उच्च राजनैतिक संस्कार भएको पार्टी हो भन्दै सबै नेता कार्यकर्तालाइ असल काम गरेर जनताको मन जित्न अभिप्रेरित गरे। अध्यक्ष ढकालले नेपालका प्रमुख राजनैतिक दलले अब नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न जान नमिल्ने बताउँदै परिवार दल विकल्प दिन तयार रहनुपर्ने उल्लेख गरे।







डिसी नेपाल







Facebook Comment