रुससँगको शान्तिवार्ता अब ‘थप यथार्थपरक’ देखिएको युक्रेनी राष्ट्रपतिको भनाइ
काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रुससँग जारी शान्तिवार्ताको विषयमा टिप्पणी गर्दै अहिले आएर रुससँग ‘वास्तविक वार्ता’ भइरहेको महसुस भएको बताएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधन गर्दै भने ‘रुसमाथि जीतको लागि युक्रेनका सबै नागरिकहरुको समर्थन जरुरी छ । यसमा रुससँग जूममार्फत वार्ता गरिरहेको टिम पनि समावेश छ ।’
रुसले युक्रेनमाथि औपचारिक रुपमा नेटोमा सहभागी नहुने घोषणा गर्न दबाब बढाइरहेको छ । यसबाहेक रुसले युक्रेनलाई पूर्वी युक्रेनका पृथकतावादी षेत्रहरु दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिन पनि दबाब दिइरहेको छ । यी दुई देशबीच लगातार वार्ता चलिरहेको छ जुन बुधबार पनि जारी छ । युक्रेनका प्रतिनिधि मिखाइलो पोदलियाकले भने ‘दुई देशबीचको वार्तामा मौलिक अन्तरविरोध छ तर सम्झौताको लागि स्थान पनि कायम छ ।’







डिसी नेपाल







Facebook Comment