रुसी राष्ट्रपति पुटिन अमेरिकी सिनेटद्वारा युद्ध अपराधी ठहर

डिसी नेपाल
२ चैत २०७८ ११:३९
328
Shares

काठमाडौं। अमेरिकी संसदको माथिल्लो सदन सिनेटले सर्वसम्मतिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी ठहर गरेको छ । यो दुर्लभ घटनामा सिनेटका प्रत्येक दलका सदस्यले प्रस्ताव पारित गरेर हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग युक्रेनमा आक्रमण गर्ने पुटिनको फैसलाको जाँच गर्न माग गरेका छन् ।

डेमोक्रेटिक सिनेटर चक सुमरले मंगलबार मतदान भन्दा पहिले एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारको लागि जिम्मेवार ठहर गरिनुपर्ने बताए । प्रस्ताव पेश गर्ने रिपब्लिकन सिनेटर लिंडसे ग्रहमले एक बयान जारी गरेर भने ‘हाम्रो अर्को कदम आफ्नो बेलायती र अन्य सहयोगीहरुसँग काम गर्नु हुनेछ ताकि एक सूचना सेल बनाइयोस् जसले युद्ध अपराधमा लिप्त रुसी सैन्य इकाइ र कमाण्डरहरुको जानकारी सार्वजनिक गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *