रुसको आक्रमणको २१ औं दिनमा युक्रेनका कुन सहरको अवस्था के छ?
काठमाडौं । इन्स्टिच्यूट अफ द स्टडी अफ वारले गरेको पछिल्लो विश्लेषणका आधारमा रुसका प्रमुख सहरहरीको पछिल्लो अवस्था सार्वजनिक गरिएको छ । अमेरिकामा रहेको उक्त थिङ्कट्याङ्कले ‘ओपनसोर्स इन्टेलिजेन्स’ र प्रकाशित समाचारका आधारमा युद्ध मोर्चाको प्रत्येक दिनको विश्लेषण दिने गर्छ।
वोश्लेषण अनुसार रुसी फौजले राजधानी किभको बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमवार र मङ्गलवार केही आक्रमण गरेको छ। रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन्। रुसले दक्षिणी सहर मारिओपोलमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ।
उत्तर-पूर्वी सहर खार्किभले घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ। खेर्सन क्षेत्रमा रुसले मङ्गलवार आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन।
दक्षिणी बन्दरगाह सहर ओडेसामाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन।







डिसी नेपाल







Facebook Comment