अचानक युक्रेनको राजधानी किभ सुनसान, चराको चिरबिर सुनिन थाल्यो

डिसी नेपाल
२ चैत २०७८ १६:०१
4.7k
Shares

काठमाडौं । बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किएभ आज चराहरूको चिरबिर सुनिने गरी सुनसान छ।

तर सहरको उत्तर-पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै छ।

रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकलन गरिएको छ।

बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा रुसी हमला भएको थियो।

मङ्गलवार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको बीबीसी सम्वाददाताले बताएका छन्।

उनका अनुसार मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ।

आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन्। अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *