शान्ति वार्ता सहज छैन तर आशा छ: रुसी विदेशमन्त्री

डिसी नेपाल
२ चैत २०७८ १७:१५
60
Shares

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँगको शान्ति वार्ता सहज नभए पनि आफूलाई सम्झौताको आशा भएको बताएका छन्।

“हाम्रा वार्ताकारहरूले दिएको मूल्याङ्कनका आधारमा मैले धारणा बनाइरहेको छु,” उनले भने।

“उनीहरूका अनुसार केही स्वाभाविक कारणले गर्दा सहमति सहज छैन। यद्यपि सम्झौताको आशा बाँकी नै छ,” आरबीसी समाचारलाई लाभ्रोभले दिएको अन्तरवार्ता उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

युक्रेनको तटस्थता र असैनिकीकरणका साथै पूर्वी युक्रेनका मानिसहरूको सुरक्षाबारे आफूहरूको चासो रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *