अमेरिकाले युक्रेनलाई ‘किलर ड्रोन’ उपलब्ध गराउने

डिसी नेपाल
३ चैत २०७८ ११:२२
280
Shares

काठमाडौं । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एपीले अमेरिकाले युक्रेनलाई १०० वटा “किलर ड्रोन” पठाउन लागेको समाचार प्रकाशित गरेको छ।

बाइडन सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको जानकारी “उक्त निर्णयबारे अवगत” ती अधिकारीले दिएका हुन्।

नाम उल्लेख गर्न नचाहने ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई “कामिकाजे ड्रोन” भनेर चिन्छन्।

कङ्ग्रेसका अधिकारीहरूले एनबीसी न्यूजलाई बताएअनुसार उक्त क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ।

रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन्। तसर्थ युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *