चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने

डिसी नेपाल
४ चैत २०७८ १०:२०
572
Shares

काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने विषयमा अमेरिकाको ठूलो चिन्ता रहेको ह्वाइट हाउसले जनाएको छ।

वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरिन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन्।

संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत्‌ शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *