जर्मनीले रुसबाट पर जान ‘नयाँ बाटो खोजिरहेको’ युक्रेनी राष्ट्रपतिको आरोप

डिसी नेपाल
४ चैत २०७८ १२:५६
4
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीले रुसबाट पर जान “नयाँ बाटो खोजिरहेको” बताएका छन्। फेसबुकमार्फत् बिहीवार राति सम्बोधन गर्ने क्रममा उनले त्यसो भनेका हुन्।

उनका अनुसार बिहीवार जर्मन सांसदहरूलाई आफूले “राष्ट्रपतिका रूपमा मात्र नभएर एक युक्रेनी नागरिक र एक युरोपेलीका रूपमा पनि” सम्बोधन गरेका हुन्।

“एक नागरिक जसले धेरै वर्षदेखि जर्मन राज्यले आफूविरुद्ध पर्खाल बनाएको जस्तो महसुस गर्दै आएको छ। अदृश्य तर ठोस पर्खाल।”

मन्तव्यमा उनले जर्मनहरूलाई नयाँ किसिमको ‘बर्लिन वाल’ भत्काउन आह्वान समेत गरे। त्यस पर्खालले अहिले दमनबाट स्वतन्त्रतालाई विभाजित गरेको उनको भनाइ थियो।

जेलेन्स्कीले विभाजनको उक्त पर्खालमा जर्मन ऊर्जा नीति र व्यापारिक स्वार्थले योगदान पुर्‍याएको भन्दै आलोचना गरेका थिए।

राति युक्रेनी नागरिकलाई सम्बोधन गर्दै उनले भने, “हामीले दशकौँसम्म जर्मनीलाई अर्थतन्त्रका निम्ति लडिरहेको देखेका छौँ। नयाँ रुसी ग्यास पाइपलाइनहरू र युरोपेली सपनाका लागि लडेको देखेका छौँ। कुनै किसिमको सहायताको सपना जुन रुसले लामो समयदेखि गम्भीरतापूर्वक लिएको छैन।”

“जर्मनहरूको दृष्टिकोण परिवर्तन भइरहेको हामी देख्न सक्छौँ,” उनले भने, “अनि यो धेरै महत्त्वपूर्ण कुरा हो – हामी जर्मनीले नयाँ बाटो खोजिरहेको देख्न सक्छौँ।”

जर्मनीले शीतयुद्धको अन्त्यदेखि व्यवसाय, व्यापार र ऊर्जासँग सम्बन्धित कुरा प्रयोग गरेर पश्चिममा शान्तिपूर्ण रुसलाई एकीकृत गर्ने प्रयास गरेको छ।

तर युक्रेनमा गरिएको आक्रमणले त्यस्तो आशा अन्त्य गरको छ र जर्मनीलाई तत्काल अन्य क्षेत्रमा व्यापारका अवसरहरू खोज्न प्रेरित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *