भन्सार छलीका दुई करोड ८५ लाख बराबरको सामान बरामद
पर्सा। पर्साबाट सशस्त्र प्रहरीको टोलीले विना भन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन्।
विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो।
बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणले जनाएको छ। सशस्त्र प्रहरीले पछिल्लो पटक चोरी, निकासी तथा तस्करी नियन्त्रणको अभियान सञ्चालन गर्दै आएको छ। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment