लभिभमा विमानस्थलनजिकै बम आक्रमण, युक्रेनलाई बाहिरबाट हतियार आपूर्ति रोक्ने प्रयास
काठमाडौं । लभिभस्थित विमानस्थलनजिकै रहेको एउटा भवनमा रुसले शुक्रवार हवाई आक्रमण गरेको विवरण प्राप्त भएको छ। त्यहाँका नगरप्रमुखले आफ्नो टेलिग्राममा विमानस्थलमा नभएर नजिकै रहेको भवनमा बम प्रहार भएको लेखेका छन्। तर त्यहाँ कोही हताहत नभएको उनले जानकारी दिएका छन्।
रुसी आक्रमणको निसानामा परेको भवनमा विमान मर्मत सम्भार हुने गरेको बताइएको छ। तर उक्त भवनमा काम पहिला नै रोकिएको उनले जानकारी दिएका छन्। उक्त स्थानमा उद्धारकर्मी पुगिसकेको उनले बताएका छन्।
लभिभ पोल्यान्डको सीमबाट केवल ७० किलोमिटर टाढा छ। यो सहर पूर्वी र दक्षिणी युक्रेनमा सङ्घर्ष भइरहेका स्थानभन्दा निकै टाढा छ। त्यहाँ यसअघि बमबारी भएको थिएन। लभिभभन्दा ३० किलोमिटर पर रहेको एउटा एउटा सैन्य तालिम केन्द्रमा पाँच दिनअघि त्यस्तै आक्रमण भएको थियो।
लभिभस्थित बीबीसी संवाददाताका अनुसार उक्त सहरलाई आज बिहान बमबारी हुनुअघिसम्म सुरक्षित स्थान मानिएको थियो। पोल्यान्डको बाटोबाट युक्रेनमा अस्त्र आपूर्ति रोक्ने उद्देश्यले त्यसो गरिएको हुनसक्ने उनको धारणा छ।







डिसी नेपाल







Facebook Comment