रुसलाई हतियार नदिन बाइडनले चीनसँग अनुरोध गर्ने

डिसी नेपाल
५ चैत २०७८ ९:५८
180
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई युक्रेनसँग लड्न चीनले सैनिक सामग्री उपलब्ध गराउन नहुनेमा जोड दिदैँछन्।

आज अबेर चिनियाँ राष्ट्रपति सी जीनपिङसँग हुने टेलिफोन कुराकानीमा उनले त्यस्तो अनुरोध गर्ने भएका हुन्।

अमेरिकी अधिकारीहरूले रुसी हमलाको आलोचना गर्न विफल भएकोमा बेइजिङको निन्दा गर्दै आएका छन्।

बाइडनले बिहीवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “एक विशुद्ध ठग” र “एक हत्यारा तानाशाह” भन्दै उनले युक्रेनमा मानिसहरू विरुद्ध “अनैतिक युद्ध” घोषणा गरेको आरोप लगाएका थिए।

यसअघि बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेका थिए।

त्यसको प्रतिक्रिया स्वरुप क्रेम्लिनका प्रवक्ताले बाइडनको टिप्पणी ‘पूर्ण रूपमा अस्वीकार्य र माफी दिन लायक नभएको’ बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *