हवाइ हमला गरिएको मारिओपोलको नाटकघरमा हजारभन्दा बढी मानिस फसिरहेका छन्
काठमाडौं । युक्रेनको मानवअधिकार आयुक्तको कार्यालयले रुसले आक्रमण गरेको मारिओपोलको एउटा नाटकघरको भग्नावशेषबाट हालसम्म १ सय ३० जनाको उद्धार गरिएको जनाएको छ।
रुसले उक्त नाटकघरमाथि बमबारी गर्दा त्यहाँका भूमिगत आश्रयस्थलमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए। हमलाले नाटकघरको भवन क्षतिग्रस्त बनेको छ।
टेलिभिजन सम्बोधनमा युक्रेनका मानवअधिकार आयुक्तले उद्धार कार्य जारी रहेको र त्यहाँ भवनको तल्लो भागमा १३ सय मानिसहरू अझै फसिरहेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment